ललितपुर, जेठ १४ । कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ।
ललितपुरको बुङमति घर रहेका ५७ वर्षिय पुरुषको ज्यान गएको ललितपुरकी सांसद पम्फा भुषालले समेतबताएकी छिन् ।
११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएकोभन्दै किस्टमा रिफर गरिएको थियो ।
अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । उनको रिपोर्टपोजेटिभ आएको छ ।
ललितपुरको किष्ट अस्पतालमा उपचाररत उनको बुधबार साँझ निधन भएको हो । यो सँगै नेपालमा कोरोनासंक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।