मंगलबार, जेठ ८ गते २०८१

आज सम्मकै सबै भन्दा बठि संक्रमित आज संक्रमितको संख्या ८ ८६

आज सम्मकै सबै भन्दा बठि संक्रमित आज संक्रमितको संख्या ८ ८६

अखबार दैनिक
बुधबार, जेठ १४ २०७७
  • आज सम्मकै सबै भन्दा बठि संक्रमित आज संक्रमितको संख्या  ८ ८६

    १४, जेठ,काठमाण्डौं । स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले बुधबार एकैदिन एक सय १४ जना कोरोना भाइरस (कोभिड– १९) संक्रमित थपिएको जनाएको छ । मन्त्रालयद्वारा आयोजित नियमित कोरोना भाइरस अपडेटका क्रममा प्रवक्ता डा. विकास देवकोटाले एक सय १४ जना कोरोना संक्रमित थपिएको बताएका हुन् । नेपालमा कोरोना संक्रमितको संख्या आठ सय ८६ पुगेको छ ।

    images

    मन्त्रालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । कोसी प्रादेशिक अस्पतालमा गरिएको नमुना परीक्षणमा १७ जनाको पोजेटिभ देखिएको छ भने हेटौँडाको कीटजनन्य प्रयोगशालमा गरिएको परीक्षणमा आठजनामा कोरोना पोजेटिभ देखिएको छ । पोखरास्थित  प्रदेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । मन्त्रालयका अनुसार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १८ जनाको पोजेटिभ परिणाम आएको छ भने भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा पोजेटिभ पुष्टि भएको प्रवक्ता डा. देवकोटाले बताए ।

    काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको नमुना परीक्षणमा ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । उपचारपछि डिस्चार्ज हुनेको संख्या एक सय ८३ पुगेको छ । प्रदेश १ बाट ३०, प्रदेश २ बाट ९७, बागमती प्रदेशबाट ११, गण्डकी प्रदेशबाट दुई, प्रदेश ५ बाट ३८ र सुदूरपश्चिम प्रदेशबाट पाँचजना डिस्चार्ज भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार