बिहीबार , असोज ३ गते २०८१

वीरगन्जबाट २१ जना संक्रमित निको भई डिस्चार्ज भए

वीरगन्जबाट २१ जना संक्रमित निको भई डिस्चार्ज भए

अखबार दैनिक
बुधबार, जेठ १४ २०७७
  • वीरगन्जबाट २१ जना संक्रमित निको भई डिस्चार्ज भए

    १४, जेठ, काठमाडौं । वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालबाट थप २१ कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

    images

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले उपचाररत २१ संक्रमित निको भएर गएराति (मंगलबार राति) घर गएको जानकारी दिए । “डिस्चार्ज हुनेमा १६ पुरुष र ५ महिला छन्,” उनले भने, “जसमध्ये १५ महिनादेखि ७४ वर्षसम्म उमेर समूहका छन् ।”

    उनका अनुसार डिस्चार्ज हुनेहरू गत वैशाख २७ देखि ३० गतेसम्म भर्ना भएका थिए । अस्पतालमा अहिले ९ जना उपचाररत छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ