हिजो सपनामा साक्षत्कार भएथ्यो
हजारौ विर आत्माहरुसंग ।
नालापानी, कुमाउ र गढवालका विर
अनी
एक्लै झोक्राएका पृथ्वी बाजे संग,
थररर काँपेको ओठमा लुकेथ्यो
एउटा वाक्य
अधिकार के छ तिम्रो ??
छुट्याउदै छौं,
हिमाल पहाड र तराई भनी ।
हुन त थुर्पै्र वाक्यहरु थिए होलान
मेरा सान दुःखले आर्जेको .................
सबैका साझा फुलवारी ..................
उनका मन र मस्तिकमा ।
धिक्कर छ मलाई
घरी घरी पाईने सभासद, मन्त्री, प्रधानमन्त्रीको
सस्तो पद थिएन
त्यो सपना ।
रित्तो हात नै फिर्किए
चुलिमा पुगेर समय बर्वाद गर्ने
पखण्डी नेता जस्तै ।
मैले सोध्न सक्नु पर्थो बाजे संग
खरावी तिम्रो विर्यमै थियो की ?
किन भए तिम्रा सन्तान दरसन्तान
यस्ता निकम्मा ।
कस्ले रोपेको थियो तिम्रो फुलवारीमा विष वृक्ष ?
जुन झङ्गीरहेछ दिनानुदिन ।
कतै तिमिले छरेका विजहरु क्रस भएर त बनेनन् ? क्याक्टसहरु
जम्मा न सुवास छ न सुगन्ध छ न प्रकृति नै ।।
उमेश बाबु अधिकारी
गण्डकी गाउपालिका वडा नं. १– मकैसिङ्ग, गोरखा ।