काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयर बजार ओरालो लागेको छ । केहि दिनदेखी लागातार घटेको बजार आज पनि दोहोरो अंकले घटेको हो । बिहिबार बजार ३१.४३ अंकले घटेर २५९६.८२ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
आज बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । बुधबार ४ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको बजारमा आज ४ अर्ब ७६ करोड २ लाख रुपैयाँको कारोबार भएको छ।
कारोबारमा आएका २९ कम्पनीको सेयर मुल्य बढेको छ भने २११ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ३ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
आज सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी सामुदायिक लघुवित्तको सेयर मूल्य पनि ८ प्रतिशतले बढेको छ । आज नारायणी विकास बैंकको सेयर मूल्य भने ९.२१ प्रतिशतले घटेको छ ।