काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पछिल्लो पटक थपिएको ५ दिनको म्याद सोमबार सकिएसँगै आज अदालतमा उपस्थित गराइएको लामिछानेलाई जिल्ला अदालत कास्कीले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।
कास्की प्रहरीले लामिछानेसहितमाथि अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ ।