काठमाडौं । सहकारी रकम अपचलनको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछानेलाई अदालत उपस्थित गराइएको छ।
लामिछानेसहित ५ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइएको हो। लामिछाने माथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा दर्ता गराउने तयारीमा प्रहरी पुगेको छ।
अनुसन्धानका अझै जारी रहेको भन्दै आज म्याद थपका लागि अदालत लगिएको हो। प्रहरीले ४ दिन म्याद थपको माग गर्दै लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो ।