१२,जेठ गेरखा । समाजवादी पार्टी गोरखा र समाजवादी युवा संघ गोरखा ले डा. बावुराम भट्टराईलाई नेकपा अनेरास्केववीयुका केन्न्द्रि संयोजक ऐन महरले हार्दिक श्रद्धांजलि भनि दिएको अभिव्यक्तिको भत्सर्ना गर्दै साइबर क्राईमको मुद्दा लगाउन माग गरेको छ ।
आजै समाजवादी पार्टी अध्यक्ष नारयाण खत्री र समाजवादी युवा संघका अध्यक्ष मनबाहादुर तामाङ द्वारा हस्ताक्षरित छुट्टाछुट्टै बिज्ञिप्ति मार्फत आफ्ना पार्टीका राष्ट्रीय नेतालाई गरेको अपमान जनक शब्द श्रद्धांजलि जस्तो तुच्छ र तल्लो हदको ब्यभारको बिरोध गर्दै यस्ता माहाशयलाई साईवर क्राईमको मुद्दा लागाउनु पर्छ भनि जोडदार माग गर्दछौं बिज्ञप्तीमा भनिको छ ।
केहि दिन पहिला नेकपाका अनेरास्ववियुका केन्द्रीय संयोजक समेत रहेका ऐन महरले आफ्नो सामाजिक संजाल फेसबुकमाडा. बाबुराम भट्टराईलाई गद्दार देश द्रोही भन्दै (हार्दिक श्रद्धांजलि) भनि पोष्ट गरेका थिए ।