बिहीबार , पुस ११ गते २०८१

चर्चा कमाउनका लागि मात्रै निर्णय नगरौँ:अध्यक्ष ढकाल

चर्चा कमाउनका लागि मात्रै निर्णय नगरौँ:अध्यक्ष ढकाल

अखबार दैनिक
बुधबार, मंसिर २६ २०८१
  • चर्चा कमाउनका लागि मात्रै निर्णय नगरौँ:अध्यक्ष ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चर्चा कमाउनका लागि मात्रै निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images

    बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चर्चाका लागि गरिने निर्णयले क्षणिक फाइदा मात्रै हुने र नतिजा आउन नसक्ने बताएका हुन् । उनले वैदेशिक रोजगारीमा फ्रि भिसा, फ्रि टिकटको नारा चर्चा कमाउनका लागि मात्रै लगाइएको उल्लेख गर्दै वास्तविकतामा टेकेर गरिने निर्णय नै दीर्घकालीन र फलदायी हुने बताए ।

    उनले भने,"मैले वैदेशिक रोजगारीको कुरा गर्न चाहेँ, फ्रि भिसा, फ्रि टिकट भनिएको छ । यो भनेर मात्रै हुँदैन, मेरो आग्रह के हो भने कहिले कहीँ पपुलर नाराको लागि हामीले वास्तविक अवस्था भन्दा पनि फरक प्रकृतिको डिसिजन गरिरहेका छौँ । म मन्त्रीज्यूलाई के आग्रह गर्न चाहन्छु भने पपुलर डिसिजन भन्दा पनि रियल डिसिजन राम्रो हुन्छ, त्यसबाट रिजल्ट आउने हिसाबको डिसिजन गर्नुपर्छ भन्ने मलाई लाग्छ, पोलिसीको हिसाबले । यो किन भनेको हो भने फ्रि टिकट, फ्रि भिसा भनेको छ । त्यो फ्रि टिकट, फ्रि भिसा त हामी नेपालीको मात्रै त होइन नि । बङ्गलादेश, पाकिस्तान पनि छ । हामीले यहाँ फ्रिमा पठाउने भनेर त्यो कति सान्दर्भिक हुन्छ ।"

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ