काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । आज बजार ६.३२ अंकले घटेर २६६९.८२ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार घटेसंगै आज कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ६२ करोड ९९ लाख रूपैयाँको कारोबार भएको बजारमा आज ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ। सेयर बजार यो साता लगातार घटेको छ ।
८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।