मंगलबार, चैत २६ गते २०८१

सेयर बजार १२.८४ अंकले घट्यो

सेयर बजार १२.८४ अंकले घट्यो

अखबार दैनिक
सोमबार, मंसिर २४ २०८१
  • सेयर बजार १२.८४ अंकले घट्यो

    काठमाडौँ । सोमबार सेयर बजार परिसूचक (नेप्से) १२.८४ अंकले घटेको छ । दोहोरो अंकल बजार घट्दा परिसूचक २६७६ बिन्दुमा ओर्लिएको छ । आज कुल १३८ कम्पनीको सेयर मूल्य घटेको छ । ९२ कम्पनीको मूल्य बढेको छ भने १३ कम्पनी मूल्य स्थिर रह्यो । 

    images

    सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकमका हिसाबले आज एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी शीर्ष स्थानमा रह्यो । यसको ३५ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै इमर्जिङ नेपाल लिमिटेडका शेयर धनीले कमाए । यो कम्पनीको मूल्य ८.७६ प्रतिशतले बढेको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ