काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टिनीको पक्षमा हस्ताक्षर गरेका छन् ।
सोमबार शान्तिबाटिकामा आयोजित प्यालेस्टिनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियानमा उनले हस्ताक्षर गरेका हुन् । पार्टीका अन्य नेता तथा कार्यकर्ताले पनि अभियानमा हस्ताक्षर गरेका छन् ।