मंगलबार, चैत २६ गते २०८१

सुनको मूल्य तोलामा ४०० रुपैयाँले  बढ्यो

सुनको मूल्य तोलामा ४०० रुपैयाँले  बढ्यो

अखबार दैनिक
सोमबार, मंसिर २४ २०८१
  • सुनको मूल्य तोलामा ४०० रुपैयाँले  बढ्यो

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ