काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार १५.९३ अंकले घटेर २७३४.९३ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्स)ले जनाएको छ। आज बजार घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार ९ अर्ब १३ करोडको कारोबार भएको बजारमा आज ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ।
आज कारोबारमा आएका कम्पनी मध्ये ४० कम्पनीको सेयर मुल्य बढेको छ भने २०१ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी तीन कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। व्यापार र लाइफ इन्स्योरेन्स बाहेक सबै सेक्टरका सूचक घटेका छन् । त्यस्तै खानीखोला हाइड्रोपावर र सुपरमादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ ।