काठमाडौं । कर्णाली याक्सलाई काठमाडौं गुर्खाजले पराजित गरेको छ। कर्णालीका लागि शिखर धवनले अविजित ७२ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन्।
टस हारेर ब्याटिङ गरेको कर्णालीले ५ को विकेटको क्षतिमा १४९ रन बनायो। कर्णालीका चाडविक वाल्डन २१, बाबर हायात१३, गुलशन झा १२, अर्जुन घर्ती ४ रनमा स्वटरबाट बोल्ड भए भने ओपनर देव खनाल डक आउट भए। गेरार्ड इरासमसले दुई विकेट नाथन सोटर करण केसी र दिपेश कंडेल समान एक एक विकेट लिए।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    