बुधबार, मंसिर १९ गते २०८१

नौ महिनापछि खुल्यो आईपीओ

नौ महिनापछि खुल्यो आईपीओ

अखबार दैनिक
बुधबार, मंसिर १९ २०८१
  • नौ महिनापछि खुल्यो आईपीओ

    काठमाडौं । ९ महिनापछि प्राथमिक सेयर निष्कासन सुरु भएको छ । सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासनपछि रोकिएको थियो । बुधबारदेखि वैदेशिक रोजगारमा रहेकाहरुले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिन सक्ने छन् ।

    images

    कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । जसमध्ये १० प्रतिशत २ लाख २५ हजार कित्ता सेयर अंकित मूल्य १ सयका दरले वैदेशिक रोजगारमा रहेकाहरुका लागि खुलेको हो ।

    न्यूनतम १० कित्ता तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले जनाएको छ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । आव २०८०/८१ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ५९ पैसा छ भने प्रतिसेयर आम्दानी २५ पैसा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार