बिहीबार , पुस ११ गते २०८१

ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिमले दियो १८३ रनको लक्ष्य

ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिमले दियो १८३ रनको लक्ष्य

अखबार दैनिक
मंगलबार, मंसिर १८ २०८१
  • ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिमले दियो १८३ रनको लक्ष्य

    काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

    images

    टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो। सुदूरपश्चिमका लागि कप्तान ऐरीले अर्धशतकीय पाली खेले। उनले २३ बलमा अर्धशतक प्रहार गरे। २४ बल खेलेका ऐरीले ३ चौका र ५ छक्कासहित ५७ रनमा अविजित रहे।

    दीपेन्द्रले २४ बलमा अविजित ५७ रन बनाए । उनले इनिङ्सको अन्तिम दुई बलमा प्रतिस जिसीलाई लगातार छक्का प्रहार गरेका थिए । अन्तिम ओभरमा मात्र दीपेन्द्रले ३ छक्का प्रहार गरेपछि सुदूरपश्चिमले कुल २३ रन जोडेको थियो । दीपेन्द्रले कुल ३ चौका र ५ छक्का प्रहार गरे ।

    दीपेन्द्र र इशान पाण्डेले आक्रामक ब्याटिङ गरेपछि बिहानको निकै कठिन कन्डिसनमा पनि सुदूरपश्चिमले राम्रो स्कोर बनाएको हो। यी दुईले छैटौं विकेटमा २५ बलमा ४९ रन जोडे। इशानले १६ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाई रनआउट भए। 

    सुदूरपश्चिमबाट ओपनर अमित श्रेष्ठ १ रनमै आउट भएका थिए। उनलाई इस्मात आलमले आउट गरे। अर्का ओपनर विनोद भण्डारीले २० बल खेली ३ चौकासहित २३ रन बनाए।  आरिफ शेख ९ रनमै आउट भए। बसिर अहमदको बलमा निकोलस कृतनले कभरमा उत्कृष्ट क्याच लिएर आरिफलाई पेभेलियन फर्काएका थिए।

    सैफ जैबले १५ बल खेली १ छक्कासहित १४ रन बनाए। ब्रान्डन म्याकमुलेनले २६ बल खेली समान २ चौका र छक्कासहित ३६ रन जोडे। स्कट कुगेलेइन ६ बलमा २ चौका प्रहार गरि १० रनमा आउट भए । विराटनगरबाट अनिल खरेलले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन दिए । क्रिस सोल, इस्मात र बसिरले १–१ विकेट लिए।

    रोहन मुस्ताफा टस अघिसम्म कीर्तिपुर मैदानमा नपुगेका कारण सुदूरपश्चिमले ३ जनामात्र विदेशी खेलाडीलाई मैदानमा ओरालेको थियो। यूएईका पूर्व कप्तान मुस्ताफा मंगलबार बिहान ८ बजेमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएका थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ