बिहीबार , असोज ३ गते २०८१

नागार्जुन नगरपालिका वडा नं. ९ र १० पुर्ण रूपमा बन्द गर्न निर्देशन

नागार्जुन नगरपालिका वडा नं. ९ र १० पुर्ण रूपमा बन्द गर्न निर्देशन

अखबार दैनिक
शुक्रबार, जेठ ९ २०७७
  • नागार्जुन नगरपालिका वडा नं. ९ र १० पुर्ण रूपमा बन्द गर्न निर्देशन

    ९,जेठ काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिकाको वडा नम्बर ९ र १० का नागरिकहरूलाई  सम्पूर्ण पसलहरु बन्द गर्न र्देशन दिइएको छ । 

    images

    कोभिड-१९ कोरोना भाईरसको संक्रमितको संख्या बढ्दै गएसँगै नागर्जुनको वडा नम्बर ९ र १० उच्च जोखिममा भएको भन्दै वडा कार्यालयले बिहीबार एक सूचना जारी गरि  औषधी पसलबाहेक फलफुल, तरकारी खाद्यान्‍न, मासु पसलहरु शुक्रबार बिहान ९ बजेदेखि अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि बन्द गर्न निर्देशन दिइएको छ । 

     
     

    यस सूचनालाई अवज्ञा गरी पसल खोलेको थाहा पाइएमा कानुन बमोजिम कडा कारबाही हुने व्यहोरासमेत जानकारी गराइएको छ ।

    D1370AC8-3C13-4C5B-A26F-9630AAFF254B.jpeg

     

    कोरोना संक्रमण नियन्त्रण गर्ने कार्यमा सहयोग पुर्‍याई जिम्मेवार नागरिकको भूमिका निभाउन र वडाभित्रका राजनीतिक दलहरु, टोल सुधार समितिहरु, क्लब, आमा-महिला समूह, स्वयंसेवक, बुद्धिजिवी, कर्मचारी, भुपु सैनिक तथा प्रहरी, विभिन्‍न पेशा व्यवसायमा संग्लन व्यवसायीहरु, समाजसेवी आ-आफनो टोलभित्र रहेका औषधी पसलबाहेकका पसलहरु नखोल्न जानकारी गराउन आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ