आइतबार, जेठ ६ गते २०८१

अम्फान आंधिको प्रभाब नेपालमा पनि पर्ने : सचेत रहन जल तथा मौसम विज्ञान विभागको आग्रह

अम्फान आंधिको प्रभाब नेपालमा पनि पर्ने : सचेत रहन जल तथा मौसम विज्ञान विभागको आग्रह

भारत पश्चिम बंगालको राजधानी कोलकातामा र पश्चिम बंगालका साथै ओडिसा लगायतका क्षेत्रमा तीव्र वेगको आँधी र भारी वर्षा भइरहेको छ ।

images
अखबार दैनिक
बुधबार, जेठ ७ २०७७
  • अम्फान आंधिको प्रभाब नेपालमा पनि पर्ने : सचेत रहन जल तथा मौसम विज्ञान विभागको आग्रह

    ७ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात अम्पुनको अप्रत्यक्ष प्रभाव नेपालमा कम्तिमा तीन दिनसम्म पर्ने भएको छ ।

    images

    शक्तिशाली चक्रवात अम्पुन भारत पश्चिम बंगालको राजधानी कोलकातामा स्थानीय समयअनुसार दिउँसो पौने ३ बजेतिर जमिनमा ठोक्किएको थियो । जसको कारण पश्चिम बंगालका साथै ओडिसा लगायतका क्षेत्रमा तीव्र वेगको आँधी र भारी वर्षा भइरहेको छ । हुरीबताससँगैको वर्षाको कारण कम्तिमा तीन जनाको ज्यान गइसकेको छ । पूर्वसतर्कताअनुसार भारतको केन्द्र सरकार ओडिसा सरकारले आपतकालीन उद्धार टोली परिचालन गरेका थिए । उनीहरुले करिब सात लाख व्यक्तिलाई सुरक्षित स्थानमा सारेका छन् ।

    यसैगरि अम्पुनको अप्रत्यक्ष प्रभावले नेपालमा गण्डकी प्रदेशदेखि पूर्वको भूभागमा बदली भई केही स्थानमा पानीसमेत परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार चक्रवातका कारण प्रदेश १ र प्रदेश २ बढी प्रभावित हुने छ । उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुनसक्ने र पूर्व तथा मध्य क्षेत्रका खोलानालाहरुमा जलप्रवाह बढ्ने भन्दै विभागले सतर्क रहन सूचित गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार