नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किङ्समा अनुबन्ध भएका न्युजिल्यान्डका मार्टिन गुप्टिल काठमाडौँ आइपुगेका छन्।
उनी बिहीबार दिउँसो काठमाडौँ आइपुगेको विराटनगरका टिम म्यानेजर विजयकुमार घितालले बताए। उद्घाटन खेल खेल्ने विराटनगर किङ्सका अझै तीन जना विदेशी खेलाडी आइपुग्न बाँकी छ।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    