मंगलबार, जेठ ८ गते २०८१

संघिय सरकालाई सल्लाहा उपत्यका छिर्ने नाका शिल गरौं : काठमाण्डौ माहानगरपालिका

संघिय सरकालाई सल्लाहा उपत्यका छिर्ने नाका शिल गरौं : काठमाण्डौ माहानगरपालिका

मुख्य नाकाहरू कडाई गर्ने नै उपयुक्त बिधि हो

images
अखबार दैनिक
बुधबार, जेठ ७ २०७७
  • संघिय सरकालाई सल्लाहा उपत्यका छिर्ने नाका शिल गरौं  : काठमाण्डौ माहानगरपालिका

    जेठ,७, काठमाडौँ । महानगरपालिकाले उपत्यका प्रवेश गर्ने नाकाहरू सबै सिलबन्दी गर्न सरकारसँग आग्रह गरेको छ ।

    images

     महानगरपालिकाको ४६औँ विशेष नगर कार्यपालिका बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका बन्द गर्न संघीय सरकारसँग माग गरेको हो । 

    महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जारी गरेको विज्ञप्तिमा ‘कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको अवधिमा उपत्यका प्रवेश गर्ने नाकाबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोगको गुनासो गर्दै यस्तो निर्णय गरिएको’ उल्लेख छ।

    कोरोना भाइरस सङ्क्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेख्ने निर्णय महानगरपालिकाले गरेको छ।

    गोरखापत्र

    प्रतिक्रिया दिनुहोस

    थप समाचार