मंगलबार, जेठ ८ गते २०८१

नेपालमा संक्रमितको कूल संख्या ३ सय ७५ पुग्यो

नेपालमा संक्रमितको कूल संख्या ३ सय ७५ पुग्यो

अहिले सम्मकै सार्बाधिक संक्रमण संख्या आज

images
अखबार दैनिक
सोमबार, जेठ ५ २०७७
  • नेपालमा संक्रमितको कूल संख्या ३ सय ७५ पुग्यो

     जेठ, ५ काठमाण्डौं । नेपालमा अहिलेसम्मकै सार्बाधिक संख्यामा कोरोना भाईरसको संक्रमण देखियो । आज सोमबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमा धुनषा निवासी २ पुरुषहरु, खोटाङ, हलेसी निवासी १ जना पुरुष, बाँकेको नैनापुर निवासी १२ जना पुरुषहरु, दैलेख आठबिस–१ निवासी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी एक जना पुरुष रहेका छन् ।

    images

    आजै दिउँसोसम्म बाँके, गुल्मी, रौतहट, बारा, धादिङ, मोरङ, दाङ र धनुषा जिल्लाका गरी ६२ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिसकेको थियो  ।
     आज दिउसो सम्म ६२ जनामा संक्रमण देखिएको पुष्टि मन्त्रालयले गरिसकेको थियो यो संगै १८ जनामा थप संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्त्ता डा. समिरकुमार अधिकारीले बताउनु भयो । 

    नेपालमा यो  संगै संक्रमितको कूल संख्या ३ सय ७५ पुगेको छ । यस्तै संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार