शनिबार, जेठ ५ गते २०८१

देशभर भारी बर्षा तथा हिमपात हुने सम्भावना : सबैलाई सचेत रहन मौसम माहाशाखाको आग्रह

देशभर भारी बर्षा तथा हिमपात हुने सम्भावना : सबैलाई सचेत रहन मौसम माहाशाखाको आग्रह

मंगलबार देखि मौसम बदलि भई बिहीबारदेखि उच्च हिमालि क्षेत्रमा हिमपात तथा बर्षा हुने

images
अखबार दैनिक
सोमबार, जेठ ५ २०७७
  • देशभर भारी बर्षा तथा हिमपात हुने सम्भावना :  सबैलाई सचेत रहन मौसम माहाशाखाको आग्रह

    जेठ, ५ काठमाण्डौं ।  सोमबार बिहान दाेस्राेपटक विशेष मौसमी बुलेटिन जारी गर्दै महाशाखाले त्यसकाे प्रभावले देशभर वर्षा तथा हिमपात गराउने सम्भावना रहेकाले सतर्कता अपनाउन सबैलाई अनुराेध गरेकाे हाे। 

    images

    बंगालको खाडीमा अम्पुन नामको धेरै शक्तिशाली चक्रवात बनिसकेको र त्यो अझ शक्तिशाली बन्ने क्रममा रहेको भन्दै नेपालका बासिन्दालाई पनि होसियारी अपनाउन यहाँको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

    विशेष बुलेटिनमा भनिएकाे छ: हाल दक्षिण बंगालको खाडीको मध्य भागमा अम्पुन (AMPHAN) शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातका रुपमा विकसित भैसकेको छ। उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २-३ दिनसम्म देशैभर बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक/दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ।  

    यसअघि महाशाखाले आइतबार पनि यस विषयमा सचेत गराएकाे थियाे। याे दाेस्राे बुलेटिनमा त्याे चक्रवात अझ शक्तिशाली बन्दै गएकाे जानकारी गराइएकाे छ। 

    महाशाखाका मौसमविद्का अनुसार प्रतिघण्टा १३ किलोमिटरको वेगमा अहिले यो चक्रवात भारतको उत्तरतर्फ अघि बढ्दै छ र याे चक्रवातभित्रकाे आँधीको वेग प्रतिघण्टा ४०७ किलाेमिटर छ। अहिले याे प्रणाली भारतका  आन्ध्र प्रदेश, उडिसा, केरलालगायत राज्यमा आइसकेको छ। जसकाे असर श्रीलंका, इन्डाेनेसियामा पर्न सुरु भइसकेकाे छ। 

    यो अझ उत्तर बढ्दै जाने क्रममा बंगलादेश हुँदै नेपालमा पनि प्रभाव पर्ने मौसमविदले जानकारी दिए।

    नेपालमा कहिलेबाट कस्तो असर पर्व सक्छ 

    यो चक्रवात शक्तिशाली भए पनि यो पूरै प्रणाली नेपालमा प्रवेश गर्दैन। यसको असर मात्र नेपालमा आइपुग्ने हो।

    मौसमविद् समीर श्रेष्ठका अनुसार यो चक्रवातको माथिल्लो तहको बादल भोलि (मंगलबार) नेपाल प्रवेश गर्ने सम्भावना छ। जसले पानी पार्दैन, मौसम बदली मात्र गराउँछ। 

    उनका अनुसार त्यो चक्रवातको बादलले बिहीबारदेखि चाहिँ नेपालमा वर्षा र हिमपात सुरु हुनेछ।

    उच्च, मध्य र तल्लो गरी चक्रवातमा तीन तहका बादल हुन्छ। उच्च बादल सबैभन्दा कमजोर हुन्छ भने तल्लो बादल सबैभन्दा शक्तिशाली।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार