सोमबार, भदौ ३१ गते २०८१

अमेरिकन आईडलको फाईनलमा दिवेश पोखरेल

अमेरिकन आईडलको फाईनलमा दिवेश पोखरेल

अखबार दैनिक
सोमबार, जेठ ५ २०७७
  • अमेरिकन आईडलको फाईनलमा दिवेश पोखरेल

    जेठ,४, काठमाण्डौं । कोरोनाको महामारीका बीच अमेरिकामा अमेरिकन आईडलले भर्चुल प्रश्तुति गर्दै आएको छ ।

    images

    यतिखेर एक जना नेपालि युवकले हामी सबै नेपालिको मन तानि रहेका छन । उनै युबक दिवेश पोखरेल फाइनलमा पुगेका छन, अमेरिकन आइडलमा उत्कृष्ठ पाँचलाई फाइनलिष्ट भनिन्छ । 

    हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै दिवेश फाइनलमा पुगेका हुन् । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन् । उत्कृष्ठ ७ बाट भोटिङका आधारमा दिवेश फाइनलमा पुगेका हुन् । त्यसघि ११ जनाबाट ७ जना छानिएको थियो

    कोरोनाको महामारीका कारण अमेरिकन आइडलले भर्चुअल प्रस्तुति गर्दै आएको छ । 

    दिवेशले केही समय अगाडि नेपाली भाषामा बोल्दै भोट अपिल गरेका थिए । उनी काठमाडौं रविभवनका हुन् ।

    0ECA5546-0A51-46F7-AE0D-DE243D55D0FB.jpeg

    अमेरिकन आइडलको जारी १८ औं संस्करणमा लुक ब्रायन, केटी पेरी र लिओनेल रिची निर्णायक छन् ।

    २० वर्षीय दिवेश ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनी आफैं गीत रचना, संगीत तथा गाउने गर्छन् । उनले आफ्ना गीत तथा सिर्जना आफ्नै यु–ट्युब च्यानल आर्थर गनमार्फत सार्वजनिक गर्दै आएका छन् ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ