सोमबार, भदौ ३१ गते २०८१

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको ४ अंकको अग्रता

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको ४ अंकको अग्रता

अखबार दैनिक
सोमबार, जेठ ५ २०७७
  • जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको ४ अंकको अग्रता

    काठमाण्डौ - जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले फेरि ४ अंकको अग्रता बनाएको छ ।

    images

    आइतबार राति बर्लिनलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानको बोरसिया डर्टमण्डसँग ४ अंकको दूरी बनाएको हो । बायर्नलाई सहज जित दिलाउने क्रममा रोबर्टो लेवान्डोस्की र बेन्जामिन पाभार्डले एक एक गोल गरेका थिए ।

    बर्लिनको घरेलु मैदानमा बायर्नका थोमस मुलरले पहिलो हाफको १८ औं मिनेटमा गोल गरे पनि भीएआरले मान्यता दिएन । ४० औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको बायर्नले ८१ औं मिनेटमा पाभार्डले गोल थप्दै २–० को जित दिलाए ।

    लिग अन्तर्गत आइतबार राति नै भएको पहिलो खेलमा खेलमा मैन्ज र क्लोनले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ