काठमाडौं । नेपाली बनारमा बिहिबार पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य भने स्थीर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। । अघिल्लो कारोबार दिन बुधबार पनि चाँदी सोही रकममा कारोबार भएको थियो ।