काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । आज बजार ९.०९ अंकले बढेर २७११.७५ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
१४३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब ९ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ। बाकी ८९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।