बुधबार, जेठ ९ गते २०८१

२० जेठ सम्म लकडाउन थप गर्ने मन्त्रिपरिषदको निर्णय

२० जेठ सम्म लकडाउन थप गर्ने मन्त्रिपरिषदको निर्णय

कोराना भाईरस संक्रमणको संख्या बढेसंगै सरकारको थप निर्णय

images
अखबार दैनिक
आइतबार, जेठ ४ २०७७
  • २० जेठ सम्म लकडाउन थप गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं, जेठ ४ - सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

    images

    मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

    बैठकले सुरक्षा व्यवस्थालाई अझै कडा बनाउने र आपूर्ति व्यवस्थामा प्रभावकारी गर्ने निर्णय गरेको छ । बैठकमा कोरोना संक्रमितको संख्या देशभरि बढिरहेको र फैलन नदिन लकडाउन बढाउनुपर्नेबारे छलफल भएको थियो ।

    कोरोना संक्रमणको कारण नेपालमा अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । ३६ जना उपचारपछि निको भएर घर फर्केका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार