काठमाडौं । नोपली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।