आइतबार, मंसिर २ गते २०८१

कफीको न्यूनतम समर्थन मूल्य तोकियो

कफीको न्यूनतम समर्थन मूल्य तोकियो

अखबार दैनिक
आइतबार, मंसिर २ २०८१
  • कफीको न्यूनतम समर्थन मूल्य तोकियो

    काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ । कफी उत्पादनलाई व्यवस्थित गर्न बोर्डले यस वर्ष कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो । फ्रेस चेरी कफीको ‘ए’ ग्रेडको मूल्य प्रतिकेजी १०५ रुपैयाँ र यही कफीको ‘बी’ ग्रेडको मूल्य प्रतिकिलो ९५ रुपैयाँ निर्धारण गरिएको छ ।

    images

    यस्तै, पार्चमेन्ट कफीको ‘ए’ ग्रेडको ५३५ रुपैयाँ प्रतिकिलो र ‘बी’ ग्रेडको ४८२ रुपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिएको बोर्डले जनाएको छ । ड्राइ चेरी कफीका लागि ग्रेड ‘ए’को मूल्य २८० रुपैयाँ प्रतिकिलो र ‘बी’ ग्रेडको मूल्य २४७ रुपैयाँ  निर्धारण गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ