बिहीबार , असोज ३ गते २०८१

विश्वभर ३० देशमा रहेका नेपालीमा कोरोना संक्रमण

विश्वभर ३० देशमा रहेका नेपालीमा कोरोना संक्रमण

अखबार दैनिक
आइतबार, जेठ ४ २०७७
  • विश्वभर ३० देशमा रहेका नेपालीमा कोरोना संक्रमण

    काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण  शनिवार (१६ मे २०२०)  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेको छ ।

    images

    गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ।  विश्वभरका ३० देशमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिको छ।

    यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या  १५ पुगेको छ।

    यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १ र नेपाल १, जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिनुभयो।  

    मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जानकारी दिएको छ। कोरोना भाइरसका कारणले यो साता मात्र नेपाल सहित थप १८ जनाले ज्यान गुमाएका हुन्। सो साता ज्यान गुमाउनेहरुको संख्यामा युके १२, युएई ३, साउदी अरब २ र नेपाल १  रहेको स्वास्थ्य समितिले जनाएको छ।

    यस्तै, एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्।  

    ती मध्य मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९, एशियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ।  अष्ट्रेलियामा १ प्रतिशत भन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ