मंगलबार, जेठ ८ गते २०८१

कोरोना संक्रमित महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालमा सिल

कोरोना संक्रमित महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालमा सिल

मृतक सुत्केरीको पीसीआर रिर्पोट पनि पोजेटिभ

images
अखबार दैनिक
शनिबार, जेठ ३ २०७७
  • कोरोना संक्रमित महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालमा सिल


    काठमाडौं, ३ जेठ । उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पताल सिल गरिएको छ ।

    images

    सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ राम्चेकी  २९ वर्षीय सुत्केरी महिलाको कोरोना भाईरसको कारणले मृत्यु भएको हो । नेपालमा कोरोना भाईरसको कारणले मृत्यु हुने उनी पहिलो महिला हुन ।कोरानाबाट महिलाको मृत्यु भईसकेपछि अस्पताल शनिवार (आज) सिल गरिएको हो ।

    केही दिन अघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार गराईएको थियो । स्वासप्रश्वासमा समस्या आएकाले उपचारका क्रममा उनको आरडिटि रिपोर्ट पोजेटिभ आएको थियो ।

    उनको बिहीबार राति मृत्यु भएको हो । उनको सुरूमा आरडिटि रिपोर्ट पोजेटिभ आएको थियो अहिले पीसीआर पनि पोजेटिभ आएको छ , स्वास्थ्य मन्त्रालयका एक अधिकारिले जानाकारि दिए ।

    धुलिखेल अस्पतालले मृत्युवारे स्वास्थ्य मन्त्रालयमा जानकारी गराइसकेको जनाएको छ । मृत्यु भएपछि अस्पतालले उनको स्वाब पुन परीक्षणका लागि टेकु अस्पताल पठाइएको जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अधिकारिका अनुसार मृतक महिलाको पीसीआर रिपोर्ट  ४ बजे मन्त्रालयमा प्रेस सम्मेलन गरेर जानाकारी दिने बताए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार