काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार घटेको छ । आज बजार २६.०७ अंकले घटेर२५९७ अंकमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७७ करोडमै सीमित भयो । आज ५४ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने बाकी ३ कम्पनीको मुल्य स्थिर रह्यो ।
बुधबार फाइनान्सबाहेकका सबै क्षेत्रगत सूचक घटेका छन् । फाइनान्स १.७५ प्रतिशत बढ्यो । बैंकिङ ०.७१, विकास बैंक १.३८, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर १.७४, लगानी १.५२, जीवन बीमा ०.४०, उत्पादन १.७९, माइक्रोफाइनान्स १.१२, निर्जीवन बीमा १.८२, व्यापार १.१८ प्रतिशत घटे ।