मंगलबार, जेठ ८ गते २०८१

दाङ तुल्सीपुरका कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी

दाङ तुल्सीपुरका कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी

अखबार दैनिक
शनिबार, जेठ ३ २०७७
  • दाङ तुल्सीपुरका कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी

    काठमाण्डौ , दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ खर्चवा गाउँका ३४ वर्षीय कोरोना संक्रमित व्यक्ति काठमाडौंस्थित टिचिङ अस्पतालका कर्मचारी भएको खुलेको छ।

    images

     

    लामो समयदेखि काठमाडौं बस्दै आएका उनले परीक्षण गराउँदा आफ्नो ठेगाना दाङ तुलसीपुर राखेको अधिकारीहरुले बताएका छन्।
    तुलसीपुरका कोरोना सम्पर्क व्यक्तिको जानाकारी अनुसार ती व्यक्ति टिचिङ अस्पतालमा कार्यरत रहेको भन्ने खुल्न आएको भएपनि स्वास्थ्यकर्मी हुन कि कर्मचारी ? भन्ने अझैं एकिन भइ नसकेको जानकारी दिए

     

    'उहाँ काठमाडौंमै क्वारेन्टाईनमा रहेको भन्नेसम्म जानकारी दिइएको छ,’ ती ब्यक्तीले भने ‘उहाँ यो बीचमा दाङमा आएको रेकर्ड छैन।’
    ती व्यक्तिका बारेमा थप कुरा पत्ता लगाउने प्रयास भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार