भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोगको घोषणा गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको जनाएका छन्।
उनले पछिल्लो अविरल वर्षामा हजारौँ नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको बताए। उनले भने 'अहिले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोगको घोषणा गरेको छु।'
भाटभटेनीका सिओओ पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गर्ने बताए।बिहीबारदेखि परेको अविरल वर्षापछि देशभर १९३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि ३५ जना बढी बेपत्ता छन्।
अर्बौं रूपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको उनको प्रतिक्रिया छ।