काठमाडौं । लगातार ओरालो लागिरहेको सेयर बजारमा आज भने हरीयारी छाएको छ । साताको दोस्रो कारोबार दिन सोमबार ४४.४५ अंकले बढेर बजार २५०८.८६ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज २१० कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ।
बाकी ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।