बिहीबार , असोज ३ गते २०८१

आन्तरिक राजस्वलाई आम्दानीको मुख्य स्रोत बनाइने

आन्तरिक राजस्वलाई आम्दानीको मुख्य स्रोत बनाइने

अखबार दैनिक
शुक्रबार, जेठ २ २०७७
  • आन्तरिक राजस्वलाई आम्दानीको मुख्य स्रोत बनाइने

    सरकारले आन्तरिक राजस्वलाई आम्दानीको मुख्य स्रोत बनाउने भएको छ ।

    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले आन्तरिक राजस्वलाई प्रमुख आम्दानीको श्रोतको रुपमा लिने बताएकी हुन् ।

    सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सरकारले सुरुआती पुँजी उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले उद्यमशील बन्न चाहाने युवाहरुलाई यस्तो सुविधा दिने घोषणा गरिन् ।

    नयाँ उद्यम गर्न सरकारले युवाहरुलाई पनि सुरुवाती पुँजी उपलब्ध गराइने भएको छ । नवप्रर्वतनात्मक स्टार्टअप युवा उद्यमीलाई सुरुवाती पुँजी उपलब्ध गराईने नीति तथा कार्यक्रममा उल्लेख छ ।

     
     

    उक्त कार्यक्रमका लागि सरकारले चालु आवमा सञ्चालित कार्यक्रमलाई पूर्नसंरचना गरेर कार्यक्रम क्षेत्र बिस्तार गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

    पर्याप्त आन्तरिक रोजगारी नभइसकेको अवस्थामा कोभिड-१९ का कारण आन्तरिक रोजगारी नहुने र वैदेशिक रोजगारी घट्ने भएकाले वेरोजगारीको संख्या बढ्ने सम्भावना देखिएको भन्दै युवाहरुलाई कृषि तथा सेवा क्षेत्रमा लगाउने सरकारी नीति रहेको पनि उनले बताइन् ।

    सिपयुक्त र दक्ष जनशक्ति बनाउनका लागि घुम्ति तालिम केन्द्रहरु सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको पनि उनले बताइन् ।

     
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ