काठमाण्सडौं सरकारले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिने निर्णय गरेको छ।
शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले त्यहाँको भिसा भएकाहरूलाई जानको लागि अनुमति दिने निर्णय गरेको हो।
‘जापान र हङकङको भिसा भएका र यहाँ आएकालाई जान अनुमति दिने निर्णय गरियो’, उच्चस्तरीय समन्वय समितिका प्रवक्ता नारायणप्रसाद विडारीले भने।
जापान र हङकङमा स्थायी बसोबास भएकाहरू घुम्नका लागि नेपाल आएका, छुट्टीमा आएकाहरूलाई जान दिइने उनले बताए। ‘तर उनीहरू आफ्नै खर्चमा जानुपर्छ। सरकारले जान अनुमतिमात्र दिएको हो’,उनले भने।