आइतबार, मंसिर ९ गते २०८१

नौबीसेपछि नागढुंगानजिकै अर्को पहिरो

नौबीसेपछि नागढुंगानजिकै अर्को पहिरो

अखबार दैनिक
शुक्रबार, असोज ११ २०८१
  • नौबीसेपछि नागढुंगानजिकै अर्को पहिरो

    नागढुंगा-नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो डोजरले हटाउन थालेको छ । लेदोसहितको पहिरो खस्दा दुई घण्टादेखि संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका ठप्प भएको छ। यसैबीच काठमाडौंतर्फ नागढुङ्गा नजिकै फेरि अर्को पहिरो खसेको छ । नौबीसेको लेदोसहितको पहिरो हटाइरहेका बेला नागढुंगातर्फ अर्को पहिरो खसेको हो ।

    images

    उक्त पहिरोका कारण संघीय राजधानी छाड्ने र भित्रिने सवारीसाधनको अर्को जाम लागेको छ । नौबीसेबाट धादिङतर्फ पहिले नै लामो जाम छ । यता नागढुंगातर्फ पनि पहिरो खसेपछि सवारी आवागमन पूर्ण रुपमा बन्द भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ