बिहीबार , कात्तिक १५ गते २०८१

सुनको मूल्यले लगातार रेकर्ड राख्दै

सुनको मूल्यले लगातार रेकर्ड राख्दै

अखबार दैनिक
शुक्रबार, असोज ११ २०८१
  • सुनको मूल्यले लगातार रेकर्ड राख्दै

    काठमाडौं । पछिल्ला दिनमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । आज सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार एक लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएकोमा यो रेकर्डलाई शुक्रबार ५०० रुपैयाँ बढेर ब्रेक गरेको हो ।

    images

    सुन आइतबार एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक लाख ५९ हजार २०० मा, मंगलबार एक लाख ५९ हजार ७०० र बुधबार एक लाख ६० हजार ४०० रुपैयाँमा सुन कारोबार भएको थियो ।  यो हप्ताभरी नै नयाँ–नयाँ रेकर्ड बनाएर सुनको मूल्य उकालो लागेको हो ।

    तीन दिनदेखि चाँदीको मूल्य भने स्थिर छ । गत बुधबारदेखि चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार