काठमाडौं । साताको अन्तिम दिन बिहिबार सेयर बजारमा गिरावट आएको छ । आज बजार ३२.८१ अंकले घटेर २४८६.७६ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज बजार १.३० प्रतिशतले घटेको हो । आज
३९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ। २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। समग्रमा हेर्दा यो हप्ता सेयर बजार ओरालो लागेको छ ।
आज अधिकांश क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.१५, विकास बैंक १.१७, फाइनान्स २.०७, होटल तथा पर्यटन २.३४, हाइड्रोपावर २.३०, लगानी १.७०, जीवन बीमा ०.९३, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.७९, अन्य ०.९७ प्रतिशत घटे । व्यापार समूह १ प्रतिशत बढ्यो भने उत्पादन समूह स्थिर रहेको छ ।