काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएर बुधबारको रेकर्ड तोडेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।