बिहीबार , असोज ३ गते २०८१

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

अखबार दैनिक
शुक्रबार, जेठ २ २०७७
  • नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, २ जेठ । नेपालमा आज थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकमा थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुष रहेका छन् ।

    मकवानपुर निवासी ३७ बर्षीय पुरुष, बाँके, नैनापुर-०१, ०३ र ०५ निवासी १८, २०, २२, २५, २५, २७, ३२, ३६ वर्षीय पुरुषहरू हुन् । हाल सम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । साथै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकाे मन्त्रालयले जनाएको छ ।

    योसँगै संक्रमितको संख्या २५८ पुगेको छ भने निको हुनेको संख्या ३५ छ । हिजो ६ जनामा कोरोना पुष्टि भएको थियो ।

    नेपालमा कोरोनाको संक्रमण २३ जिल्लामा फैलिएको छ । प्रदेश १ का तीन जिल्ला, प्रदेश २ का सात जिल्ला, बागमती प्रदेशका ४ जिल्ला, गण्डकी प्रदेशका २ जिल्लामा यसको संक्रमण देखिएको छ ।

    यस्तै प्रदेश पाँचका पाँच जिल्ला र सुदूरपश्चिमका दुई जिल्लामा यसको संक्रमण देखिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ