मंगलबार, जेठ ८ गते २०८१

कोभिड-१९ रोकथाम तथा नियन्त्रणलाई प्रभावकारि बनाउन देशैभरि पठाईयो स्वास्थ्य सामाग्री बिबरण सहित

कोभिड-१९ रोकथाम तथा नियन्त्रणलाई प्रभावकारि बनाउन देशैभरि पठाईयो स्वास्थ्य सामाग्री बिबरण सहित

अखबार दैनिक
बिहीबार , जेठ १ २०७७
  • कोभिड-१९ रोकथाम तथा नियन्त्रणलाई प्रभावकारि बनाउन देशैभरि पठाईयो स्वास्थ्य सामाग्री बिबरण सहित


    कोभिड-१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने रणनिति अनुरुप COVID-19 Crisis Management Center (CCMC Ops) को संयोजन र समन्वयमा नेपाल भरी परिक्षणको दायरालाई बढाउने लक्ष्य सहित आज मिति 2077 जेष्ठ 1 गते नं. 1 प्रदेश, नं. २ प्रदेश, नं. 5 प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हवाई तथा स्थल मार्गबाट 14700 थान RDT, 7000 थान VTM तथा PPE हरु त्यसतर्फ पठाईएको छ ।
     ​स्थानियस्तरका DCMC (District Crisis Management Centre) को अगुवाईमा सबै निकाय सम्मिलित स्वास्थ्यकर्मीहरुको परिचालन गरी नेपालभरीका 18 वटा प्रयोगशालाहरुमा उक्त Sample हरु परिक्षणको लागि पठाउने योजना अनुरुप नं.1 प्रदेश (ईलाम, सुनसरी, झापा, पाँचथर र भोजपुर जिल्ला), नं. २ प्रदेश (सर्लाही, मोहत्तरी, धनुषा, सिराहा, सप्त्तरी, पर्सा, बारा र रौतहट जिल्ला), नं. 5 प्रदेश (पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु, बर्दिया, रुपन्देही, रुकुम पूर्व, रोल्पा र बाँके जिल्ला), कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेश (दार्चुला, बैतडी, डडेलधुरा, कन्चनपुर, कैलाली, बझाङ र बाजुरा जिल्ला) गरी 28 जिल्लामा परिक्षण गर्ने योजना रहेको छ ।
    E1BF8FD2-A8F3-4BCE-A351-8F47982BE049.jpeg
    ​यसैगरी काठमाण्डौं उपत्यका भित्रका संभावित जोखिम क्षेत्रहरु पहिचान गरी COVID-19 विरुद्धको प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने CCMC को उद्देश्य अनुसार स्थानिय निकायसँगको समन्वय तथा सहकार्यमा आज मिति २०७७ जेष्ठ १ गते काठमाण्डौं महानगरपालिका वडा नं.१३ अन्तर्गत पर्ने कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको हाता भित्र ब्यवसायी, ब्यवसायीका सहयोगी, ढुवानीमा संलग्न चालक, सामान ढुवानीकर्ता, सरसफाई गर्ने मजदुर तथा बजार सञ्चालन कार्यमा संलग्न अन्य ब्यक्तिहरुलाई केन्द्रित गरी 300 जनाको PCR र ७०० जनाको RTD परिक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको संयुक्त स्वास्थ्यकर्मी टोली परिचालित भईरहेका छन । आवश्यकता एवं प्राथमिकतालाई मध्यनजर गरी स्थानिय निकायहरुसँग समन्वय गरी काठमाण्डौं उपत्यकाको अन्य स्थानहरुमा समेत परिक्षण गर्ने योजना रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार