काठमाडौं । साताको पहिलो कारोबारमा सामान्य बढ्दै उचाइतर्फ लागेको सेयर बजार सोमबार पुनः ओरालो लागेको छ। आज बजार ५९.०२ अंकको गिरावटसँगै २५२९.३३ बिन्दुमा ओर्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
१४ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ५ अर्ब ६६ करोड रूपैयाँको कारोबार भएको छ। सोमबार २ सय २९ कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।
सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.२७, विकास बैंक २.४६, फाइनान्स ५.५६, होटल तथा पर्यटन ३.३४, हाइड्रोपावर २.८९, लगानी २.७३, जीवन बीमा २.३५, उत्पादन १.८१, माइक्रोफाइनान्स २.५६, निर्जीवन बीमा २.६९, अन्य २.२२ तथा व्यापार समूह ३.९३ प्रतिशत घटे ।