काठमाडौं । साताको हिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । केहि दिनदेखी ओरालो लागेको बजारमा आइतबार कारोबार सामान्य उचाइतर्फ लागेको छ। आज बजार ११.५८ अंकले बढेर बजार २५८८.३५ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
१३८ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ९ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ। ९४ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
आज बैंकिङ सबैभन्दा धेरै १.०१ प्रतिशतले बढेको छ । विकास बैंक ०.६६, हाइड्रोपावर ०.३१, लगानी ०.६२, जीवन बीमा ०.२४, निर्जीवन बीमा ०.४७, अन्य ०.४१ र व्यापार ०.०७ प्रतिशत बढे । माइक्रोफाइनान्स ०.१८, उत्पादन ०.१९, होटल तथा पर्यटन ०.६१ र फाइनान्स समूह ०.१७ प्रतिशत घटे ।