बिहीबार , असोज ३ गते २०८१

पत्रकारलाई धम्की - माहासंघ द्वारा भत्सर्ना

पत्रकारलाई धम्की - माहासंघ द्वारा भत्सर्ना

अखबार दैनिक
बिहीबार , जेठ १ २०७७
  • पत्रकारलाई धम्की - माहासंघ द्वारा भत्सर्ना

    काठमानेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष एवं जनकपुरस्थित रेडियो जनकपुर ९७ मेघाहर्जका सञ्चालक शीतल साहलाई प्रसारित समाचारको विषयलाई लिएर प्रादेशिक अस्पताल जनकपुरका कर्मचारीले भौतिक कारबाहीको धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

    images

    महासंघ धनुषा शाखाका अनुसार प्रदेश २ अन्तर्गत सामाजिक विकास मन्त्रालय मातहतमा रहेको प्रादेशिक प्रयोगशालामा भएको लापरवाही र अनियमिततासम्बन्धी रेडियो जनकपुरमा कार्यक्रम प्रसारण भएपछि सोही विषयलाई लिएर वैशाख ३१ गते अस्पतालका कर्मचारी जुगल यादवसहितका ३ जनाको समुहले रेडियोको कार्यालयमै पुगेर सञ्चालक साहलाई भौतिक कारबाहीको धम्की दिएका थिए ।

    F85E8B78-CBCF-4161-8710-4E7C9C7AB8B6.jpeg

    प्रसारित समाचार सामग्रीप्रति चित नबुझे त्यसको कानुनी उपचार खोज्न सकिने विकल्पलाई छाडेर पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो । महासंघ पत्रकार साहलाई दिइएको धम्कीको कडा भर्त्सना गर्दै घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर भई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

    पत्रकार माथिको दुरव्यभार ठिक नरहेको भन्नु माहासंघले प्रेश बिज्ञिप्ति जारी गरेको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ