मंगलबार, जेठ ८ गते २०८१

संक्रमितको-संख्या-२४५-पुग्यो,-काठमाडौं-र-कपिलवस्तुमा-संक्रमित-,-एक-एक-जना-थपियो

संक्रमितको-संख्या-२४५-पुग्यो,-काठमाडौं-र-कपिलवस्तुमा-संक्रमित-,-एक-एक-जना-थपियो

अखबार दैनिक
बिहीबार , जेठ १ २०७७
  • संक्रमितको-संख्या-२४५-पुग्यो,-काठमाडौं-र-कपिलवस्तुमा-संक्रमित-,-एक-एक-जना-थपियो

    काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४५ पुगेको छ । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २४५ पुगेको हो ।

    images

    बिहीबार संक्रमण पुष्टि भएकाहरुमा काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

    AE166124-5D49-497E-BC82-04EF7777C150.jpeg
    हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३९, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ७, कैलालीमा ४, रौतहट र बारामा ३/३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

    संक्रमण पुष्टि भएकामध्ये ३५ जना निको भए पनि ३ जनामा पुन: संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ ।

    कान्तिपुरबाट

    प्रतिक्रिया दिनुहोस

    थप समाचार