बिहीबार , असोज ३ गते २०८१

बुधबार ४ अंकले घट्यो सेयर बजार

बुधबार ४ अंकले घट्यो सेयर बजार

अखबार दैनिक
बुधबार, असोज २ २०८१
  • बुधबार ४ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सामान्य अकंले घटेको छ । आज बजार ४ अंकले घटेर सेयर बजार २५७६.७६ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  

    images

    घटेको बजारमा कारोबार रकम पनि घटेको छ । बजारमा ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ। आज कारोबारमा आएका कम्पनी मध्ये ७४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    आज बैंकिङ समूह ११ अंक तथा निर्जीवन बीमा २० अंक बढे । अरु सबै समूहगत सूचक घटेका छन् । विकास बैंक ६, फाइनान्स ८३, होटल तथा पर्यटन ८, हाइड्रोपावर ५, जीवन बीमा ३९, उत्पादन ५७, माइक्रोफाइनान्स ५३, अन्य १२ र व्यापार समूह २० अंक घटे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ