बिहीबार , कात्तिक १५ गते २०८१

एनसेलले घोषणा गर्‍यो 'एनसेल फाउन्डेसन', सामाजिक पहलमा २० करोड खर्चने

एनसेलले घोषणा गर्‍यो 'एनसेल फाउन्डेसन', सामाजिक पहलमा २० करोड खर्चने

अखबार दैनिक
मंगलबार, असोज १ २०८१
  • एनसेलले घोषणा गर्‍यो 'एनसेल फाउन्डेसन', सामाजिक पहलमा २० करोड खर्चने

    नेपालको पहिलो निजी क्षेत्रको जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो १९औं वार्षिकोत्सव मनाउँदै एनसेल फाउन्डेसनको घोषणा गरेको छ।

    images

    यस फाउन्डेसनले व्यावसायिक सामाजिक उत्तरदायित्व (सिएसआर)का परियोजनाहरू सञ्चालन गर्ने जनाएको छ। एनसेलले आफ्नो यात्रा सुरुआत गरेदेखि अहिलेसम्म १ करोड ३० लाखभन्दा बढी नेपालीलाई लाभ प्रदान गर्दै २ अर्बभन्दा बढी योगदान दिएको एनसेलले बताएको छ।

    एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्वोर कायुमोभले एनसेल फाउन्डेसनमार्फत थप  दीर्घकालीन प्रभाव पार्ने काम गर्न थालेको बताए।'हामीले विगत १९ वर्षमा सामाजिक कार्यमा ठूलो योगदान गर्दै आएका छौं र अब एनसेल फाउन्डेसनमार्फत थप ठोस र दीर्घकालीन प्रभाव पार्न चाहन्छौं,' मंगलबार आयोजित वार्षिकोत्सव कार्यक्रममा उनले भने।

    फाउन्डेसनको उद्देश्य डिजिटल विभाजनलाई कम गर्नु, थप स्वास्थ र समृद्ध नेपाल निर्माणमा योगदान पु¥याउनु भएको उनले बताए। एनसेलले विशेष गरी प्राकृतिक विपत्ति, स्वास्थ्य, शिक्षा, र वातावरण संरक्षणमा उल्लेखनीय योगदान गरेको छ।

    २०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले प्रधानमन्त्री राहत कोषमा १० करोड प्रदान गरेपछि भूकम्प प्रभावितहरूलाई निःशुल्क सेवा उपलब्ध गराएको थियो।

    कोरोना महामारीका समयमा सरकारले स्थापना गरेको राहत कोषमा पनि एनसेलले १० करोड योगदान गरेको थियो। एनसेलले आगामी ५ वर्षमा २० करोड सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता गरेको छ जसअन्तर्गत १९ वटा परियोजनाहरू कार्यान्वयन गरिने छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार